काठमाडौं उपत्यका बन्द लगायतको कार्यक्रम घोषणा !

  • साझा डबली
  • आइतवार, असार १, २०७६
  • काठमाडौ, असार १ । हिन्दू धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन् ।

    विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले आज पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी १० असारमा उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो । समितिले सो विधेयकको विरोधमा असार २ बाटै चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    असार २ मा विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ ।

    त्यसैगरी, असार ५ मा काठमाडौंको बसन्तपुरमा विरोध सभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्ने लगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology