असार ६ गते शैक्षिक हड्ताल घोषणा

  • साझा डबली
  • मङ्लबार, जेष्ठ २८, २०७६
  • काठमाडौं, जेष्ठ २८। विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

    चरणबद्ध संघर्षका कार्यक्रमहरुमा जेठ ३० र ३१ गते देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर गर्ने कार्यक्रम घोषणा गरेको छ ।

    त्यसै गरि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा, असार १, २ र ३ गते जुलुस प्रदर्शन, असार ४ गते देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम (९ बजेदेखि १० बजेसम्म), असार ५ गते देशव्यापी मसाल जुलुस, असार ६ गते गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रमहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology