प्रधानमन्त्री ओलीको युरोप भ्रमण के छ त कार्यक्रम ?

  • साझा डबली
  • शनिबार, जेष्ठ २५, २०७६
  • काठमाडौं, जेष्ठ २५। प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाँदै छन् । उनी शनिबार अपराह्र त्यसतर्फ जान लागेका हुन् ।

    प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्षीय हितमा हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । भट्टराईले  प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रष्ट पारे ।

    प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्र्रािष्ट्रय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्रीले बेलायतको भ्रमणमा निस्किनेछन् । त्यसैगरी उनी जेठ २९ गतेसम्म बेलायतको भ्रमणमा जानेछन् ।

    प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस अवसरमा बेलायतमा केही उच्चस्तरीय भेटघाट प्रधानमन्त्रीको हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology