शनिबारको मौसम : हावाहुरीसहित वर्षा हुने

  • साझा डबली
  • शनिबार, जेष्ठ २५, २०७६
  • काठमाडौं, जेष्ठ २५। शनिबार देशका पूर्वी तथा मध्य भू–भागमा सामान्य वदली रहने र पश्चिमी भू–भागहरुमा आंशिकदेखि सामान्य वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै रातिको समयमा देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ ।

    देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोेरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ ।

    यसैबीच मनसुनपूर्वको यो समयमा चट्टयांग तथा हावाहुरीको प्रकोपबाट सतर्क रहन जल तथा मौसम बिज्ञान विभाग सबैमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology