युवकलाई ट्रकले ठक्कर दियो, श्रीमतीलाई भिडियो कल गरेर फेरे अन्तिम सास

  • साझा डबली
  • आइतवार, जेष्ठ १९, २०७६
  • एजेन्सी । भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकले ठक्कर दियो ।

    ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो । आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे ।

    प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए तर उनलाई बचाउन सकिएन ।

    सालोको श्राद्धमा गइरहेका थिए । युवकको पहिचान राजाराम पण्डितको रुपमा भएको छ ।

    राजाराम आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली गइरहेका थिए । घटनास्थलमा पुगेका परिवारका सदस्यका अनुसार राजरामको विवाह तीन वर्ष अघि भएको थियो उनकी सात महिनाकी छोरी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology