पाँचथर हत्या प्रकरण : १० दिन बित्दा पनि प्रहरीले हत्यारा किटान गर्न सकेन

  • प्रयोगशालाको रिपोर्टको पर्खाइमा प्रहरी
  • साझा डबली
  • शनिबार, जेष्ठ १८, २०७६
  • काठमाडौँ, जेष्ठ १८। पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा जेठ ६ गते राती दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । घटनामा एक बालिका भने भागेर ज्यान जोगाउन बाँच्न सफल भइन् ।

    बिहान सबेरै घटनाबारे गाउँभर खबर फैलियो ।केही समयपछि अर्को खबर आयो – सोही गाउँपालिकाको वडा नम्बर ७ मा हत्या भएको परिवारका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा शव फेला पर्यो ।

    शव भेटिएको स्थान नजिकै हतियार र रगत लतपतिएको कपडा पनि भेटियो ।

    प्रहरीले अनुसन्धान थालेको आज आज १० दिन बितिसकेको छ । हत्या भएको भोलिपल्ट मानबहादुर नै हत्या हुनसक्ने अनौपचारिक ‘किटान’ गरिए पनि हालसम्म वास्तविक हत्यारा को थिए भनेर प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय पाँचथर, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो ।

    सामूहिक हत्या प्रकरणमा ज्यान गुमाउनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology