संसदमा पेश सबै विधेयकहरु पास हुन्छन: अध्यक्ष दाहाल

  • आवश्यक परे छलफलमार्फत संशोधन गरि अघि बढ्ने
  • साझा डबली
  • सोमवार, जेष्ठ १३, २०७६
  • काठमाडौं,जेठ १३। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले हालै संसदमा पेश गरेका सबै विधेयकहरु पारित हुने बताएका छन।

    कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राख्दै दाहालले सम्पुर्ण प्रक्रिया पुर्याएरै विधेयक पारित हुने बताए।साथै आवश्यक परे संशोधनसहित विधेयकहरु पारित गर्न सरकार सदैव सकारात्मक रहेको उनले बताएका छन।

    विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि विधेयक पारित हुने भएकाले प्रतिपक्षीलाई रचनात्मक भएर सहकार्य गर्नसमेत उनले आग्रह गरे।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाएका हुन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology