विप्लपको जनसरकार र जनसेनाबारे सरकार जानकार छ: गृहमन्त्री थापा

  • विप्लप एण्ड कम्पनीबारे सरकारलाई सबै थाहा छ
  • साझा डबली
  • सोमवार, जेष्ठ १३, २०७६
  • काठमाडौं,जेठ १३। गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लप नेतृत्वकाे नेकपाले जनसेना र जनसरकार गठन गरेर सशस्त्र गतिविधी सञ्चालन गर्दै आएकाे बारेमा सरकार जानकार रहेको बताउनुभएको छ।

    आईतबार विप्लप नेतृत्वकाे नेकपाले राजधानीमा गराएको बम विस्फोटनको घटनाबारे आज प्रतिनिधिसभाको विशेष महत्वको विषयमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो। जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा ४ वटा कम्पनी गठन गरेर आवान्छित गतिविधि गरिरहेको विप्लप समुहसँग वार्तामार्फत समाधान खोज्न सरकार लागिरहेको समेत गृहमन्त्री थापाले बताउनुभयो।

    आइतबार काठमाडाैँमा भएका बम विस्फाेटनमा सर्वसाधारण नागरिककाे मृत्यु नभएकाे समेत उहाँले बताउनुभयाे । घटनामा चारजनाको मृत्यु भएकाे जानकारी सरकारसँग रहेकाे भन्दै ती सबै विप्लव समूहसँगै सम्बद्ध कार्यकर्ता रहेकाे बताउनुभयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology