मध्यरातमा आगलागी, २२ लाखको क्षति

  • आगोले वर्कसपमा भएको वेल्डिङ गर्ने ग्यास सिलिण्डर पड्किँदा फिदिमवासी त्रसित
  • साझा डबली
  • आइतवार, जेष्ठ १२, २०७६
  • छवि चापागाँई / पाँचथर, जेष्ठ १२। पाँचथरको फिदिम नगरपालिका १ जामुने खोल्सी छेउमा रहेको एक वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा २२ लाख रुपैयाँ भन्दा बढी क्षति भएको प्रहरीले अनुमान गरेकोे छ ।

    वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएका गाडी समेत जलेर नष्ट भएको पाँचथर प्रहरीले जनाएको छ ।

    फिदिम ४ निवासी दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो ।

    राति साढे १२ बजेतिर लागेको आगो फिदिम नगरपालिकाको दमकल र स्थानीय बासीको सक्रियतामा दुई घण्टा पछि नियन्त्रणमा लिइएको थियो । मध्यरातमा लागेको आगोले वर्कसपमा भएको (वेल्डिङ) गर्ने ग्यास सिलिण्डर पड्किँदा फिदिमबासी त्रसित बनेका थिए ।

    आगलागीबाट कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology