मोदीले दिए पदबाट राजीनामा

  • साझा डबली
  • शनिबार, जेष्ठ ११, २०७६
  • एजेन्सी ।  भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् ।

    मोदीले शुक्रबार साँझ राष्ट्रपति रामनाथ कोविन्द राजीनामा बुझाएका हुन् । राजीनामासँगै नयाँ सरकार गठन नहुन्जेल मोदी सरकारले काम चलाउ हैसियतमा काम काम गर्ने छ ।

    यसअघि मोदीले शुक्रबार साँझ मन्त्रीपरिषद्को अन्तिम बैठक डाकेका थिए । बैठकले मन्त्रिपरिषद्को संयुक्त राजीनामासँगै १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    राजीनामासँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आगामी साताभित्र नयाँ सरकार गठन हुने अनुमान गरिएको छ । हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले अत्यधिक बहुमत ल्याएको हो । अन्तिम मतपरिणामअनुसार एनडिएले ३५० सिट जितेको छ । र, भाजपा एक्लैले ३०२ सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने ५२ सिटमा सीमित भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology