सन्दीप बार्बाडसबाट खेल्ने, ८० लाख पाउने

  • साझा डबली
  • बिहिबार, जेष्ठ ९, २०७६
  • काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

    सीपीएलको ड्राफ्ट लन्डनमा जारी छ । सन्दीपको टोलीबाट हालसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।

    ड्राफ्टको सन्दीप बाहेक युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए ।

    यस संस्करणको सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ । अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप भएका थिए ।

    गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए ।

    उच्च मूल्य
    सन्दीपले यस्ता लिगमा पाएको यो अहिले सम्मको उच्च मूल्य हो ।

    आफू नयाँ टोलीमा छानिए लगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “म उत्साहित छु। एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताकासाथ प्रतीक्षामा छु।”

    गत सिजनमा उनले खेलेका यस्ता फ्रेञ्चाइजी लिगमध्ये सन्दीपले सबैभन्दा बढी अष्ट्रेलियाको चर्चित लिग बिग बासमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ।

    त्यसपछि क्यानडामा सम्पन्न ग्लोबल टि-२० लिग मा ४० हजार डलरमा छानिएका सन्दीपले अफगानिस्तान प्रिमियर लिगमा १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology