चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु २ घाइते

  • साझा डबली
  • बिहिबार, जेष्ठ ९, २०७६
  • मकवानपुर, जेष्ठ ९। कैलाश गाउँपालिका २ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् ।

    चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

    यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    कैलाश गाउँपालिका– २ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् ।

    चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

    यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology