काङ्ग्रेसद्वारा पाँचथर घटनाको छानबिन गर्न माग

  • काङ्ग्रेसले घटनालाई गम्भीरतापूर्वक लिँंदै घटनास्थलमा पार्टीका प्रतिनिधि पठायो
  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • पाँचथर, जेष्ठ ८। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा नौ जनाको साम्ूहिक हत्या भएको घटनाको गम्भीर छानविन गर्न सरकारसँग माग गरेको छ ।

    काङ्ग्रेसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँंदै घटनास्थलमा पार्टीका प्रतिनिधि पठाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र पार्टीको पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई पाँचथरको मिक्लाजुङ पठाएको छ ।

    पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत मृतकको आत्माको चिर शान्तिको कामना तथा शोकमग्न सिङ्गो गाउँप्रति पार्टीकोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology