पर्वतको कुस्मामा कल्भर्टमा ठोकिएर सडकमै पल्टियो जिप

  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • पर्वत, जेठ ८।पर्वत पर्वतको कुस्मा नगरपालिका ८ चुवामा भएको अनियन्त्रित भई जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार घाईते हुनेहरुमा बागलुङको ढोरपाटन नगरपालिका ६ का ३१ वर्षीय धनबहादुर कामी (चालक), वडा नं. १ की ११ वर्षीया मोना बिक, वडा नं. ९ का ४६ वर्षीय सोनम गुरुङ र कास्कीको पोखरा उपमहानगरपालिका १७ का ३० वर्षीय अभिषेक काफ्ले छन्।

    घाइतेमध्ये चालक कामीलाई केही बढी चोट लागेका कारण थप उपचारको लागि पोखरा पठाइएको छ भने अन्य ३ जनाको पर्वत अस्पतालमै उपचार भइरहेको छ।
    बागलुङको ढोरपाटन नगरपालिकाको ग २ च ५९ ८१ नं. को जिप अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भर्टमा ठोक्किँदा सडकमै उत्तानो परेर पल्टिँदा उनीहरू घाइते भएका हुन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक रामबहादुर भट्ट क्षेत्रीका अनुसार जीपमा ६ जना सवार रहेकोमा अरु २ जना भने सकुशल छन्। बागलुङबाट पोखराका लागि छुटेको उक्त जिप दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology