अलौकिक दहडाँडा (तस्विर सहित)

  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • काठमाडौँ, जेस्ठ ८। मार्तडीबाट सामान्यतया ३ घण्टा समयमा पुग्न सकिने दह डाँडा धार्मिक तथा प्राकृतिक रुपमा समेत पर्यटकिय सम्भावना बोकेको क्षेत्र मानिन्छ । पौराणिक समयमा घटाल देवताको राजधानीका रुपमा रहेको दहडाँडालाइ ट्रेकिङ्ग रुटका रुपमा विकास गर्न सकिए आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ ।

    एकै ठाँउबाट सिंगो मार्तडी क्षेत्र बडीमालिका बुढीनन्दा माता र जालपादेवीको दर्शन गर्न पाइने र अपी र सिस्ने हिमालका सेताम्बे दृश्यपान गर्न सकिने यत्तिको भ्यू टावर कहि कतै नहोला ।करिव ४००० मिटर उचाइमा रहेको दहडाँडामा करिव १ किलोमिटर लम्बाइ र ५०० मिटर भएको ठुलो समसार क्षेत्र गैरी दह अझ अद्भुत छ । चारै तिर निगालोको झाडीले घेरेको गैरीदह वरीपरी चराचुरुङ्गीको आवाज संगितमय लाग्छ ।

    चारैतिर डाँडाले घेरेर बनाएको गैरी दह उपत्यका जस्तै देखिन्छ ।डाँडै डाडा छाँच हुदै रजाली भएर मार्तडी पुग्ने गरी एकदिन पूर्ण प्याकेज बनाउन सकिन्छ ।स्थानीय सरकारले रेलिङ्ग सहितको सुरक्षित बाटो मात्र बनाउने हो भने आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तब्यका रुपमा विकास गर्न सकिनेछ । प्याकेजका रुपमा दहडाँडा(रजाली पदमार्ग नामाकरण गरी ‍थोरै लगानी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने ठाँउका रुपमा दहडाँडा पर्खाइमा रहेको छ ।

    कसरी पुग्ने ?
    मार्तडीबाट मेलकाँधसम्म सडक पहुँच भएकाले यातायातका साधन प्रयोग गरी तहाँसम्म पुग्न सकिन्छ । मेलकाँधबाट खरिगाड तरेर पिपलगाँउ कुदाँली विनिकोट हुदै दहडाँडा पुग्न सकिन्छ ।दहडाँडा पुगेर सोही बाटो पनि फर्किन सकिन्छ तर सिधै ओरालो भएका कारण डाँडै डाँडा रजाली भएर फर्किदाँ यात्रा निकै सहज र रोमाञ्चकारी बनाउन सकिन्छ ।

    के के लैजाने  ?
    सुख्खायाममा पानी नपाइने भएकाले पानी प्रयाप्त बोक्नु पर्ने हुन्छ । धार्मिक ठाँउ भएकाले चोखो खानेकुरा खाजाका रुपमा लानु पर्दछ । न्यानो लुगा लठ्ठी पनि आवश्यक रहन्छ । तस्विर

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology