बिद्यालय स्तरबाट युवा सचेत गराउँदै ‘बिम्ब प्रतिबिम्ब’

  • साझा डबली
  • सोमवार, जेष्ठ ६, २०७६
  • महोत्तरी,जेठ ६ । लागु औषधका कारण वर्षेनी युवाहरुको मृत्युको क्रम नरोकिएपछि युवा अभियान नेपाल बर्दिवास महोत्तरीका युवाहरुले लागु औषध दुर्व्यसन विरुद्धको नाटक ‘बिम्ब प्रतिबिम्ब’ मञ्चन गरेका छन् ।

    बर्दिवास नगरपालिकाको सहयोगमा ‘युवा अभियान नेपालको प्रयास, दुर्व्यसनमुक्त बर्दिवास’ भन्ने नाराका साथ सुरु भएको उक्त सडक नाटकमा स्थानिय स्तरमै रहेका केही कलाकार र केही राष्ट्रिय स्तरका कलाकारको अभिनय रहेको छ । उक्त नाटक वरिष्ठ कलाकार सुभाष गजुरेल र समाजसेवी विष्णु बम्जनको संयोजकत्वमा तयार भएको हो । ईश्वर पोखरेलको लेखन तथा राजु दोङ्गको निर्देशनमा तयार भएको नाटकमा अनिल दाहाल, राजु दोङ्ग, इन्द्र थापा, जीवनराज दाहाल, ममता अधिकारी, सोबिका क्षेत्री, मदन सुनदास, सविना लामगादे, रामबाबु महतो, मनोज थापा आदि कलाकारको अभिनय रहेको छ ।


    यस सडक नाटक खयरमारा, हाथिलेट, किसाननगर, बिजलपुरा, चौलिखा, गौरीवास, बर्दिवास वरपरका स्कुल कलेज लगायत बर्दिवास नगरपालिकाका विभिन्न ठाउँहरुमा मञ्चन भइरहेको छ ।

     

    कलाकार जीवनराज दाहालका अनुसार आगामी १२ गते सम्म नाटक मञ्चन हुने छ । कलाकार दाहालका अनुसार नाटक मञ्चनको अन्तिम दिन शिक्षामन्त्री गिरिराजमणिको उपस्थितीमा नाटकको समापन गरीने छ । बर्दिवास बासी र केही मिडियाहरुको भरपुर साथ र सहयोगका कारण नाटक सफलताका साथ मञ्चन भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology