शितल हत्या : ६ दिन बित्यो ,मुख्य अभियुक्त अझै फरार

  • साझा डबली
  • सोमवार, जेष्ठ ६, २०७६
  • पाँचथर, जेष्ठ ६। पाँचथर हिलिहाङ ४ कि १५ बर्षिय शितल योङहाङको हत्यामा संलग्न भनिएका एक जना घटना भएको ६ दिन बिति सक्दा पनि पक्राउ नपरेपछि स्थानीयले गुनासो गरेका छन ।

    घटनाको संबेनशिलता बुझेर भए पनि स्थानीय प्रशासन शक्रिय हुनु पर्ने हो । स्थानीयले भने–तर यो अवधी सम्म पनि पक्राउ परेका छैनन ।

    संलग्न भनिएका दुई मध्ये एक जनालाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ परेको थियो । २९ गते राति भएको हत्यामा पाँचथरको फाल्गुनन्द २ का भगिरथ बाँस्तोलालाई भने प्रहरीले ३१ बैशाखमा पक्राउ गरेको हो ।

    सोही घटनामा संलग्न भनिएका फाल्गुनन्द २ का पदम तामाङ भने फरार छन । पक्राउ परेका बाँस्तोलाले तामाङसंग मिलेर शितलको हत्या गरेको स्वीकार गरेका थिए । संलग्न दुई मध्ये एक लाइ तत्काल पक्राउ गरेको प्रहरीले तामाङलाई पनि तत्काल पक्रउ गर्ने अपेक्षामा रहेका स्थानीय हालसम्म पनि कुनै जानकारी नआउँदा निरास बनेका छन ।

    यसै बिच किशोरीको हत्या भएको क्षेत्रमा भने त्रासको अवस्था छ । परिवार सोकमा छन । किशोरीका बुवा बैदेशीक रोजगारीका लागि गएपछि आमाको संरक्षणमा रहेकी शितललाई दक्षिणी पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट त्यहाँ पुगेका दुई युवाले हत्या गरेको पाँचथर प्रहरीको दाबी छ ।

    घटना हेर्दा हत्या योजनाबद्ध रुपमा भएको देखिन्छ । पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले भने–४÷५ दिन लगाएर योजना बनेको देखिन्छ । हत्यामा संलग्नहरुले फाल्गुनन्द गाउँपालिका देखी ५ दिन लगाएर हिलिहाङ सम्म पुगेका छन । यस बिचमा उनीहरुले जे जसरी योजना बनाए त्यसले हत्याको योजनाबद्ध क्रम बुझिन्छ ।

    पाँचथर प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ । जिल्लाभर सहित छिमेकी जिल्लामा पनि खबर गरेका छौ । घटना हुनु पुर्व किशोर किशोरी बिच मोवाइल साटासाट गरेका थिए । मोवाइल लिनेदिने बिषयबाट घटनाको बिजारोण भएको बुझिएको छ । (-फिदिम टुुुडे)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology