अपडेट : काठमाडौँको टोखामा गुण्डा माथि गोली प्रहार

  • साझा डबली
  • सोमवार, जेष्ठ ६, २०७६
  • काठमाडौं, जेष्ठ ६। काठमाडौँको टोखामा गोली चलेको छ । टोखाबाट प्रहरीले खुंखार डाका बिष्णु तामाङ ‘काले’ लाई पक्राउ गरेको छ ।

    प्रहरी टोलीले कालेलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।महानगरीय अपराध महाशाखाकाे टाेलीले साेमबार बिहान सवा ६ बजे कालेलाई काठमाडाैँकाे टाेखामा गाेली हानेर नियन्त्रणमा लिएकाे हाे ।

    उनकाे घुँडामा गाेली लागेकाे छ। घाईतेकाे बीर अस्पतालमा उपचार भईरहेकाे छ ।

    महाशाखा प्रमुख एसएसपी सहकुल थापाले नियन्त्रणमा लिन खाेज्दा पेस्ताेल तेर्साएपछि जवाफी कारवाही भएकाे जानकारी दिएका छन् ।

    उनले घाईते खुंखार र पेशेवर डाँका भएकाे समेत बताए। पेस्ताेल तेर्साएपछि गाेली हानेर नियन्त्रणमा लिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology