सोमवारको मौसम : कहाँ-कहाँ पर्दैछ पानी ?

  • साझा डबली
  • सोमवार, जेष्ठ ६, २०७६
  • काठमाडौं, जेष्ठ ६। आज सोमबार देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली, पूर्वी तराई भु–भागमा आंशिक बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशका पहाडी भु–भाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी रातिको समयमा देशका पहाडी भु–भागमा आंशिक बदली रही बांकी भु–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

    देशका पहाडी भु–भागका एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology