आज सुनचाँदीको भाउ घट्यो

  • साझा डबली
  • आइतवार, जेष्ठ ५, २०७६
  • काठमाडौं, जेष्ठ ५। नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

    साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो।

    यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।

    चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology