भाइले गोली प्रहार गरी आफ्नै दाइको हत्या

  • साझा डबली
  • शुक्रबार, जेष्ठ ३, २०७६
  • पर्सा, जेष्ठ ३। पर्सामा भाइले गोली प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको जिराभवानीपुर गाउँपालिका १ पलुवामा ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले दाइ ४८ वर्षीय शेख फरुकलाई पेस्तोलबाट गोली प्रहार हत्या गरेका हुन् ।

    घरायसी विवाद हुँदा भाइले दाइको छातीमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

    अहिले मृतकको शव घर लगिएको छ। गोली प्रहार गर्ने भाइ सेरामुद्दिनलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीका खोकासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology