जेठ १७ देखि नाटक ‘क्लेशा’ मञ्चन हुने

  • साझा डबली
  • शुक्रबार, जेष्ठ ३, २०७६
  • काठमाडौँ, जेष्ठ ३। थियटरमा पुगेर नाटक हेर्नेहरुको एउटा छुट्टै जमात छ ।

    नाटक हेर्नेको मन चलचित्र हेरेर भरिन्न । मण्डला थिएटर अनामनगरमा जेठ १७ गते देखि नयाँ नाटक ‘क्लेशा:’ मञ्चन हुने तयारीमा छ ।

    विजया कार्कीको निर्देशनमा हाल नाटकको रेहर्शल भई रहेको छ । उक्त नाटकमा सुरक्षा पन्त, राज खड्का, कुशल पान्डे, सुदीप खतिवाडा, सृजना अधिकारी, प्रतीक महरट्ठा, स्वप्निल घिमिरे, रुजु शर्मा, तुफान थापा, जीवन पौडेल, अमृत काउचा, सबीना थापा र सबीन भट्टराइको अभिनय रहनेछ ।

    प्रतिक्षा कट्टेलद्वारा लिखित नाटक ‘क्लेशा:’ अषाढ ८ सम्म मञ्चन हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology