साझा डबलीमा प्रकाशित समाचारप्रति गण्डकी गाउँपालिका अध्यक्षको आपत्ति

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • गोरखा,जेठ १ । गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले बैशाख २८ गते साझा डबलीमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

    बैशाख ३० गते च.न ९३० को पत्र पठाउँदै साझा डबली र प्रेस काउन्सिल नेपालमा उनले समाचारमा उल्लेख गरिएजस्तो आफूले गाउँपालिकाको केन्द्र निर्धारणबारे कुनै अभिव्यक्ति नदिएको दाबी सहितको पत्र पठाएका छन ।

    साझा डबलीमा प्रकाशित समाचारबारे आपत्ति जनाउँदै उनले पठाएको खण्डनमा भनिएको छ, ‘मैले यस विषयमा कुनै मिडियामा लिखित तथा मौखिक रुपमा कुनै वक्तब्य दिएको छैन र सम्पूर्णमा यो समाचार पूरै मनगढन्ते, कपोकल्पित र भ्रामक भएको र यसबारेमा कसैको दवावमा नपरेको व्यहोरा अवगत गराउन चाहान्छु् ।’

    अध्यक्ष रानामगरले अघि गाउँपालिकाको केन्द्र निर्माण गर्ने भन्दै भुम्लिचोक ६ मा डोजर चलाएका थिए । पछि चौतर्फी विरोध भएपछि केन्द्र बहुमतको आधारमा बन्टार राख्ने निर्णय भइसकेको छ ।

    तर उनले यसअघि औपचारिक रुपमा नभई निकटस्थहरुको छलफलमा गाउँपालिकाको केन्द्र निर्धारणबारेको एकल निर्णयमा गल्ती स्वीकार गरेको श्रोतले साझा डबलीलाई बताउँदै आएको छ ।

    यस्तो थियो बैशाख २८ मा प्रकाशित समाचार

    म दवाबमा परेर विवादमा फसेँ’: गण्डकी गाउँपालिका अध्यक्ष रानामगर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology