नेपाल-भारत लगानी एक्स्पो काठमाडौंमा शुरु

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • साझाडबली,जेठ १। ‘नेपाल-भारत लगानी एक्स्पो’ काठमाडौंमा शुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ तथा भारतीय दुतावास र भारतीय फ्रान्चाईज कम्पनीको आयोजनामा बुधवारबाट एक्स्पो शुरु भएको हो। ।

    लगानी मैत्री वातावरण बनिरहेको अवस्थामा देशमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ उक्त प्रदर्शनीको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

    दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजना गरिएको प्रदर्शनीको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ।
    एक्स्पोमा नेपाल र भारतका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन।

    एक्स्पोमा नेपालमा लगानीका नयाँ क्षेत्र,सम्भावना,चुनौती आदी बिषयमा छलफल हुनेछ ।नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत खाका कोर्न एक्स्पो सार्थक हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology