सगरमाथा आरोहण नयाँ किर्तिमान कायम

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौं, जेठ १ ।सगरमाथा आरोहण नयाँ किर्तिमान कायम भएको छ । सोलुखुम्बुका कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका हुन् ।

    कामिरिता आज (बुधबार) बिहान ७ः५० बजे २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथमा पुगेका हुन् ।

    उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधार शिविररमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

    सोलुखुम्बुको थामे निवासी ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् ।

    उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सले पनि यसको पुष्टी गरेको छ । कम्पनीका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै भने, ‘यो राष्ट्रकै गौरवको कुरा हो।’

    सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology