मोटरसाइकल दुर्घटना दुईको मृत्यु

  • साझा डबली
  • सोमवार, बैशाख ३०, २०७६
  • तौलिहवा, बैशाख ३०। तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

    गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका ७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

    मोटरसाइकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    – रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology