टेलिभिजन कार्यक्रममा १ करोड जित्ने पहिलो करोडपती,हेर्नुहोस भिडियो !

  • साझा डबली
  • आइतवार, बैशाख २९, २०७६
  • काठमाडौं, बैशाख २९ ।  ‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् ।

    आइतबारको शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

    हिजो समय नपुगका कारण बाँकी प्रसारण आज आउँदैछ। शो को घोषणा अनुसार पहिलो करोडपति विराटनगरका राजीव जैन हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।

    १० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । दिल्ली युनिभर्सिटीबाट एमबीए गरेपछि उनी २००३ मा नेपाल फर्किएका थिए। दिल्लीमा छँदा भारतमा यही शो ‘कौन बनेगा करोडपति’का लागि समेत छनोट भएका उनी ‘फस्टेस्ट फिंगर फर्स्ट’ पार गरेर हट सिटमा पुग्न भने पाएनन्।

    २००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

    जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे । शो कार्यक्रम एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology