`माइकलको साइकल´ निर्माण गर्दै निर्देशक जनक पाण्डे

  • साझा डबली
  • शनिबार, बैशाख २८, २०७६
  • काठमाडौँ, वैशाख २८ । निर्देशक जनक पाण्डेले आगामी चलचित्र `माइकलको साइकल´ बनाउने भएका छन् । यो भन्दा अघि उनले चलचित्र `बेबि आइ लव यु´ निर्माण गरेका थिए जुन व्यापारिक रुपमा सफल भएको थियो । हाल स्कृप्टमा काम भइरहेको चलचित्रको छाँयाङकन असारको दोस्रो हप्ताबाट सुरु हुने जनाइएको छ ।

    केही दिन पछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले चलचित्रको औपचारिक निर्माणको घोषणा गर्ने बताएका छन् । काठमान्डौ बाहिर छायाङ्कन रहने उक्त चलचित्रमा भक्त बहादुर केसी ,बुद्धि बहादुर थापा, बाबुराम घिमिरे सहयोगीको रूपमा रहेका छन् । चलचित्रमा सुमित तामाङ,राज न्यौपाने लगायत कलाकारहरूको अभिनय रहने छ भने हिरोइनको नाम भने खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology