बैशाख ३० गते सार्वजनिक बिदा

  • साझा डबली
  • शनिबार, बैशाख २८, २०७६
  • काठमाडौं,बैशाख २८। वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन आगामी सोमबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

    ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो । जोशी सोमबार अर्थात् बैशाख ३० गते ९९ वर्ष पूरा गरी एक सय वर्षमा प्रवेश गर्दैछन् ।

    यस अवसरमा महानगरपालिका मातहतका सबै कार्यालय लगायत संघसंस्थालाई बिदा दिने जानकारी विज्ञप्तिमार्फत् गराएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कला, साहित्य र संस्कृतिमार्फत् नेपाललाई चिनाउन महत्वपूर्ण योगदान दिएको अवसरमा बैशाख ३० गते विभिन्न कार्यक्रम गरेर जन्म शताब्दी मनाउने तयारी छ ।

    महानगरले उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको र्याली गर्नेछ । र्यालीमा सहभागी हुन सबै नगरबासीलाई अनुरोध गरिएको छ ।

    महानगरले जोशीलाई सम्मान स्वरुप यसअघि नै गाडी, चालक, सुरक्षा गार्ड र मोबाइल प्रदान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology