कस्तो रह्यो सन्दीपको आइपीएलको यो सिजन ? अब कुन प्रतियोगिता खेल्दैछन् ?

  • साझा डबली
  • शनिबार, बैशाख २८, २०७६
  • काठमाडौं, बैशाख २८ । विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिगमा शुक्रबार राति चेन्नाई सुपर किंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्ली क्यापिटल्सले फाइनल खेल्ने मौका गुमायो। त्यो सँगै यस सिजनमा नेपाली स्टार सन्दीप लामिछानेको आइपीएल यात्रा सकिएको छ। र उनि आईतवार स्वदेश फर्किदैछन् ।

    दोस्रो पटक दिल्ली बाट खेलिसकेका सन्दीपका लागि यो यस सिजनको आइपीएल नै औषत रह्यो। दिल्लीका १६ मध्ये ६ खेलमा मौका पाएका सन्दीपले ८ विकेट लिए। २३ ओभर बलिङ गरेका उनले २ सय १० रन खर्चे। उनको इकोनोमी ९.१३ को रह्यो।

    दिल्लीका बलरहरुमध्ये सर्वाधिक विकेट टेकरका रुपमा सन्दीप सातौं नम्बरमा रहे। दिल्लीका सर्वाधिक विकेट टिकेर कासिगो राबाडाले २५ विकेट लिए। त्यसपछि क्रिस मौरिस(२३), इशान्त शर्मा(१३), अमित मिश्रा(१३), अक्सर पटेल(१३), किमो पाउल(९) पछि सन्दीप रहे। यस सिजनमा पनि सन्दीपलाई उनको न्यूनतम मुल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

    दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले दश खेल खेल्दा दुई खेलमा मात्रै स्थान बनाउन सके। त्यसमध्ये पन्जाबविरुद्धको खेल यस सिजनमा सन्दीपका लागि सम्झन लायक रह्यो ।

    अघिल्लो सिजनमा सन्दीपले दिल्लीबाट पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिग खेलेका थिए। त्यस सिजनमा पुछारका तीन खेल खेल्दा सन्दीपले ५ विकेट लिएका थिए । उनको टिम दिल्ली चेन्नई सगँ ६ विकेटले पराजित हुँदै प्रतियोगिता बाट बाहिरीएपछि उनी स्वदेश फर्किन लागेका हुन ।

    सन्दीप भोली आईतवार दिउँसो २:३५ मा त्रिभुवन विमानस्थल आईपुग्ने छन । अहिले उनि कुनै पनि ठुला लिगहरुमाअनुबन्धित छैनन र अहिले ठुला लिगहरु पनि सन्चालनमा रहेका छैनन अब लगत्तै एकदिवसिय विश्वकप सुरु हुदैछ । यसकारण पनि उनी यसपटक जेठ १ गतेबाट  गईरहेको प्रधानमन्त्री कप एकदिवसिय राष्टिय क्रीकेट प्रतियोगितामा सहभागिता जनाउन सम्भंवाना रहेको छ तर आधिकारिक पुष्टि भने भएको छैन । यस भने बारेमा सन्दिप स्वयम नेपाल फर्किए पछि जानकारी दिनेछ्न ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology