“को बन्छ करोडपति” मा रवि लामिछानेले जिते एक करोड ? हेर्नुहोस् भिडियो

  • साझा डबली
  • बिहिबार, बैशाख २६, २०७६
  • काठमाडौं, बैशाख २६ ।  विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो “who wants to be millionaire” को नेपाली भर्सन “को बन्छ करोडपति” ले सगौरव ४० औं इपिसोड प्रशारण गरिसकेको छ । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ ।

    दर्शकको अपार माया र साथ पाउँदा पाउँदै पनि केविसिको ४० औं इपिसोडसम्मको यात्रामा कुनै पनि प्रतियोगीले २५ लाखसम्म रकम जित्न जित्न सकेका छैनन् । तर अब आउने  इपिसोडमा भने  “को बन्छ करोडपति” कार्यक्रमले आफ्नो पहिलो सिजनमै बहुप्रतिक्षित करोडपति पाएको छ ।

    उक्त इपिसोडको करोडपति को होला भनेर सबैको चासो भन्न पुगेको छ । तर धेरैले उक्त ब्यक्ति अरु नभएर रवि लामिछाने हुन सक्ने बताएका छन् । भिडियो प्रोमो हेरेपछि सबैले एक करोड रवि लामिछानेले नै जितेको हुनुपर्ने बताएका छन् । रवि लामिछाने राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि को बन्छ करोडपतिमा सहभागी भएका थिए । उक्त इपिसोड यो हप्ता प्रसारित हुने छ ।

    महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन् । यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की ,आयुष्मान देशराज जोशी ,भुवन केसी, अनमोल केसी त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।

    हेर्नुहोस् भिडियो प्रोमो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology