तीन लाखको लागि छोरो बन्धकी

  • साझा डबली
  • मङ्लबार, बैशाख २४, २०७६
  • काठमाडौँ, बैशाख २४। पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ ।

    आसाम राज्यस्थित ध्रुवी जिल्लामा स्माइल एसकेले तीन लाख रुपैयाँको लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए ।

    इँटा उद्योगमा भारतीय श्रमिक उपल्बध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए ।

    मोहिबुललाई इँटाभट्टाबाट निकालेर सुनसरीको इटहरीस्थित बाल हेल्पलाइनको संरक्षणमा पठाइएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology