शक्तिशाली भूकम्पको धक्का महशुस

  • साझा डबली
  • सोमवार, बैशाख २३, २०७६
  • एजेन्सी । फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

    स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ ।

    यस भूकम्पको कम्पन वरपरको कैयौं शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । यस शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ ।

    यद्यपी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यो भूकम्प ५.५ म्याग्नीच्युडको मात्र भएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology