दुई मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

  • साझा डबली
  • सोमवार, बैशाख २३, २०७६
  • वीरगञ्ज, बैशाख २३। वीरगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ ।

    वीरगञ्ज महानगरपालिका–१५ ब्रहम चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक मोटरसाइकलका चालक बाराको बारागढी गाउँपालिका–४ सुखिपाथराका ५० वर्षे दीलिप साहको मृत्यु भएको हो ।

    आइतबार राति ९ बजे ना ३८ प ९३३० नम्बरको मोटरसाइकललाई ना २३ प ८९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा ना ३८ प ९३३० नम्बरको मोटरसाइकलका चालक साह गम्भीर घाइते भएका थिए । साहको नारायणी अस्पताल उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology