क्याम्प नाउँमा मेस्सीको दशवटा मूर्ति बनाइने

  • साझा डबली
  • आइतवार, बैशाख २२, २०७६
  • एजेन्सी । बार्सिलोना फुटबल क्लबका प्रमुख जोसेप मारिया बार्टोमेउले कप्तान लियोनल मेस्सीको दशवटा मुर्ति बनाइने बताएका छन् ।

    मेस्सीले बार्सिलोनालाई गत महिनामात्र २६ औं ला लिगा जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। बार्साबाट खेलेयता मेस्सीको उक्त ला लिगा उपाधि दशौं थियो।

    उनले आफ्नो उपस्थितीमा बार्सालाई ३४ उपाधि जिताइसकेका छन्। क्लबका प्रमुख बार्टोमेउले मेस्सीले फुटबलबाट सन्यास लिएको दिन क्याम्प नाउँमा उनको दशवटा मूर्ति बनाउने बताए।

    बार्सिलोनाले आफ्नो खेल मैदान सन् २०२३ सम्म अझ परिस्कृत गर्ने बताएको छ। उक्त मैदानमा त्यसबेला १ लाखभन्दा बढी दर्शक अट्ने छन्। मैदान परिस्कृत गर्ने समयमा नै मेस्सीको मूर्ति बनाइने अनुमान छ।

    मेस्सीको प्रशंसा गर्दै बार्टोमेउले मेस्सीले ४५ वर्षसम्म सक्रिय भएर खेल्ने समेत बताएका छन्। मेस्सीको खेल कौशल उनको उत्कृष्टपन शब्दमा बयान गर्न नसकिने पनि उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology