भारतीय जनता पार्टीका नेता गुल मोहम्मदको गाेली हानी हत्या

  • साझा डबली
  • आइतवार, बैशाख २२, २०७६
  • एजेन्सी।भारत प्रशासित काश्मिरको अनन्तनाग जिल्लामा भारतीय जनता पार्टीका नेताको हत्या भएको छ ।
    नेता गुल मोहम्मद मिरको गोली हानी हत्या भएको हो।मीरलाई आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको र घाइते मीरको अस्पतालमा ज्यान गएको हो । उनी अनन्तनाग जिल्लाका भाजपा पार्टी उपाध्यक्ष थिए।

    सोमबार कास्मिरमा लोकसभा निर्वाचन हुँदैछ। निर्वाचनको २ दिन अगाडि भाजपा नेताको हत्या भएको हो।

    सन् २०१९ को लोकसभा निर्वाचनका बेला भारत प्रशासिक कास्मिरमा भएको यस घटना पहिलो राजनीतिक हत्या हो।

    भाजपाले हत्याको निन्दा गरेको छ। यस घटनाको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन। यतिबेला कास्मिरको सुरक्षामा कडाई गरिएको छ।

    सात चरणमा सम्पन्न हुने निर्वाचनको ४ चरण सकिएको छ। अब ३ चरणका निर्वाचन हुन बाँकी छ। भोलि सोमबार भारतमा पाँचौ चरणको निर्वाचन हुनेछ। मे १२ मा छैठौं तथा १९ तारिखमा सातौं चरणको निर्वाचन सम्पन्न हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology