यस्तो तरकारी जुन किलोकै १ लाख ३० हजार पर्छ

  • साझा डबली
  • आइतवार, बैशाख २२, २०७६
  • एजेन्सी। विश्वमा सबै भन्दा मंहगाे तरकारी हो होप सूट्स । यसको मूल्य १ हजार युरो अर्थात् झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ । यस तरकारीलाई अचार बनाएर खान सकिन्छ भने यसको फुल पनि स्वादिलो हुने गर्छ ।

    यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ । यसलाई जङ्गलमा वसन्त ऋतुको समयमा लगाइन्छ । तर बाह्रै महिना उमार्न सकिन्छ । एकदमै चाँडो बढ्ने यो तरकारीको रङ्ग बैजनी हुन्छ बढ्दै गएपछि हरियो रङ्गको हुन्छ र तरकारी खानको लागि योग्य हुन्छ । ब्रिटेन, जर्मन लगायत धेरै युरोपियन देशहरूमा यसको खेती गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology