दैनिक पोर्न फिल्म हेर्ने बानी भएका व्यक्ति यस्ता प्रकृतिका हुन्छन हेर्नुस !

  • साझा डबली
  • शनिबार, बैशाख २१, २०७६
  • एजेन्सी । पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानीले दिमागमा समेत असर गर्ने बताइन्छ । मेडिकल डेली रिपोर्टका अनुसार पोर्न साइट हेर्ने बानी भएपछि मान्छेको मतिष्क धेरैजसो समय यौनजन्य कुराले ओगट्न थाल्छ । एक रिसर्च अनुसार यस किसिमको फिल्म हेर्न थालेपछि डोपामाइन हर्मोन निर्माण तिब्र हुन्छ, जसले कामेच्छा -सेक्स ड्राइभ) बढाउँछ । यो हर्मोन न्यूरो ट्रान्समिटरको रुपमा काम गर्छ ।

    अहिले किशोरपुस्ता यौन सामाग्रीमा बढी रुची राख्छन् । उनीहरुका लागि यसको पहुँच पनि सहज छ । एक रिसर्च अनुसार करिब ७० प्रतिशत किशोर यौनजन्य सामाग्री हेरिरहेका हुन्छन् । उनीहरुमा यौनजन्य सामाग्री हेर्ने उत्सुकताले मस्तिष्कको विकासमा असर पुग्छ ।

    साथसाथै यसले अनिद्रा, बेचैनी जस्ता समस्या पनि निम्त्याउने गर्छ ।

    एक्लोपन

    पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानी भएपछि त्यसको सबैभन्दा खराब प्रभाव उनको आनीबानीमा पर्छ । जस्तो कि, यस किसिमको लत भएकाहरु एकान्तमा बस्न रुचाउँछन् । साथीमाझ घुलमिल हुने, रमाइलो गर्ने गर्दैनन् ।

    एक्लै बस्ने, एकान्त खोज्ने गर्छन् । जब उनीहरुलाई यस्तो अनुकुलता मिल्छ, तब यौनकै बारेमा सोच्न थाल्छन् । यसबाट के हुन्छ भने उनीहरु पारिवारिक र सामाजिक जीवनबाट टाढा हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology