गीत सुन्दै आशु झर्ने लोक गीत ‘टुहुरो’ सार्वजनिक, हेर्नुहोस भिडियो

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • जि.पि.पौडेल/ काठमाण्डौ, बैशाख १७ । नेपाली लोक संगीतको बजारमा छुट्टै पहिचान बनाउन सफल गायक सुरेश रमन अधिकारीको स्वरमा ‘टुहुरो’ लोक गीत बजारमा आएको छ । अर्जुन गिरीको बास्तविक जीवनमा आधारीत शब्द तथा संगितमा आज मात्रै गायक सुरेश रमन अधिकारीको युट्युव च्यानल मार्फत उक्त गीत बजारमा आएको टुहुरो गीतले श्रोताको मन छुने खालका यर्थाथ शब्दमा बनेर आएको छ ।
    उक्त गीतमा आशिर थापा, सिता तिम्सिना, शिशिर भण्डारी,पृथा र संशाकले उत्कृष्ट अभिनय गरेका छन भने निर्देशन सिर्जन बरालले गरेका छन ।

    प्रविन घिमिरेको कुशल छायांकन र प्रकाश धमलाको सम्पादन गरेको उक्त भिडियोमा दिपक गिरीको ड्रोन र एच.बि.एन.प्रा.लि.ले भिडियो निर्माण गरेको हो ।

    हेर्नुहोस उक्त म्युजिक भिडियो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology