जहाजको ढोका नखुलेपछि यात्रुलाई आकस्मिक द्वारबाट उतारियो

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • धनगढी, बैशाख १७। धनगढी विमानस्थलमा अवतरण भएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि यात्रुलाई आकस्मिक द्वारबाट उतारिएको छ ।

    हिजोको घटनाले श्रीएयरभित्र रहेको बेथितिलाई उजागर गरेको छ ।सोमबार दिउँसो साढे ४ बजे धनगढी विमानस्थलमा अवतरण भएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि यात्रुहरूलाई झण्डै आधा घण्टापछि आकस्मिक द्वारबाट उतारिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर थापाले बताए ।

    यात्रुलाई झण्डै साँझ पाँच बजे मात्र आपतकालीन द्वारबाट बाहिर निकालिएको थियो । केही प्राविधिक समस्याका कारण जहाजको ढोका नखुलेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology