कस्तो रहन्छ आज मंगलवारको मौसम ?

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • काठमाडौँ, वैशाख १७। आज मंगलवार पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पहाडी क्षेत्रको मौसम भने आंशिक बदली रहने र एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । तराईका क्षेत्रमा चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने छ ।

    पछिल्लो केही दिनदेखि गर्मी बढ्दै गएको छ र यो क्रमम जारी रहने जनाइएको छ । पश्चिमका केही ठाउँमा बेलुका तिर हुरी–बतास चल्ने सम्भावना पनि छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology