भूकम्पको स्मृतिमा सार्वजनिक बिदा

  • साझा डबली
  • मङ्लबार, चैत्र २६, २०७५
  • गोरखा, चैत्र २६। आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको हो ।

    गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ ।

    यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology