विनाशकारी हुरीमा ज्यान गुमाएकाको सम्झनामा प्रदेश सरकारले शोक मनाउने घोषणा

  • साझा डबली
  • आइतवार, चैत्र २४, २०७५
  • काठमाडौं, चैत २४ । सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा गरेको छ । प्रदेश-२ सरकारले चैत ३० गते शोक मनाउने घोषणा गरेको हो।

    यस अघि राष्ट्रिय शोक घोषणा गर्न प्रदेश सरकारले संघीय सरकारसंग माग गरेको थियो । तर प्रदेश सरकारको उक्त प्रस्तावालाई संघीय सरकारले अस्वीकार गरेको थियो ।

    आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको छ । त्यसदिन बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

    १८ चैतमा आएको विनाशकारी हुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने सयौं प्रभावित भएका छन् ।

    बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology