Breaking : भोली शुक्रबार हुने एसईई सामाजिक विषयको प्रश्नपत्र पनि आउट

  • साझा डबली
  • बिहिबार, चैत्र १४, २०७५
  • धनुषा,चैत १४ । एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । तर भोली हुने समाजिक विषयको परीक्षाको पश्नपत्र जनकपुरमा फेला परेको छ । समाजिक सञ्जालमार्फत समाजिक विषयको समुह ए को पश्नपत्र भेटिएको हो ।

    प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले पश्नपत्र आउट भएको छ भने त्यो पश्नपत्र अधिकारिक हो वा होइन भन्ने विषयमा भोली मात्र भन्न सकिने बताए ।

    तर यो प्रश्नपत्र अधिकारिक हो वा होइन भन्ने कुरा पुष्टि हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology