यसकारण रोकियो डा.गोविन्द केसीको तलव रोक्का !

  • साझा डबली
  • बिहिबार, चैत्र १४, २०७५
  • काठमाडौं,  चैत १४ । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव खाता रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको हो ।

    शिक्षण अस्पतालले डा.केसीलाई ८४ दिनसम्म कता हराएको हो भनि स्पष्टीकरण सोधेको छ। तर,डा.केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझने जवाफ दिन सकेका छैनन् ।

    पछिल्लो पटक अनसन बसेका डा.केसीले अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए।तर,डा.केसीले लिखित रुपमा विदा मागेका छैनन् । कानूनतः डा.केसीले लिखित रुपमा आफनो विदा स्वीकृत गराउनुपर्छ।

    तर,उनले अनसन बस्ने बेला स्वीकृत गराएनन्। डा. केसीको राजनितिक उद्देश्य रहेपनि विदा स्वीकृत नै नगराई अनशन बसेपछि उनि हाजिर नगरि गयल भएका छन । विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि डा.केसीको हाजिरीका आधारमा तलव रोक्का भएको हो।

    डा.केसीले हाजिर नगरेको दिनको पनि तलव र भत्ता माग्दै आएका छन् । कार्बाहीमा पर्ने भएपछि डा.केसी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा पुगेका छन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology