आज पनि घट्यो सुनको मूल्य,हेर्नुस् आजको बजारभाउ !

  • साझा डबली
  • बिहिबार, चैत्र १४, २०७५
  • काठमाडौं,  चैत १४ । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बजारमा हिजो बुधबारको तुलनामा आज बिहीबार सुन १ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

    बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

    हिजो बुधबार छापावाल सुन तोलामा १ सय रुपैयाले घटेर प्रति तोला ६० हजार ५ सय रुपैयामा कारोबार हुने भएको थोयो ।

    यस दिन तेजाबी सुनको मूल्य ६० हजार १ सय रुपैयामा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने छ दिन देखि स्थिर छ ।

    केही दिनदेखि स्थिर रहेको चाँदी हिजो भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology