आरआर क्याम्पसका विद्यार्थीले मनाए सामाजिक कार्य दिवस

  • साझा डबली
  • मङ्लबार, चैत्र ५, २०७५
  • काठमाडौं, चैत्र ५। ‘मानव सम्बन्धको महत्त्वलाई प्रवर्धन’  भन्ने नाराका साथ आज  रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीले सामाजिक कार्य दिवस मनाएका छन् ।

    ‘विश्व सामाजिक कार्य दिवस २०१९’ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँयो । आरआर कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वले कलेज देखी नक्साल सम्म र्‍याली आयोजना गरेको थियो । बाल मन्दिरका बालबालिकालाई फलफुल वितरण र आँगनमा सरसफाई कार्यक्रम समेत गरिएको छ।

    सामाजिक कार्य पेशागत पहिचान सरकारी स्तरबाटै हुनुपर्ने र साथै सामाजिक कार्यको महत्त्व बुझाउनु पर्ने आवश्यक रहेको विद्यार्थीहरूले बताएका छन् ।

    विश्वमा १३औं सामाजिक कार्य मनाए पनि नेपालमा भने विगत ५ वर्ष देखी विभिन्न कार्यक्रम गरेर सामाजिक कार्य दिवस मनाउँदै आइएको छ । अन्य देशमा लाइसन्स प्राप्त गरेर सामाजिक कार्य गरिन्छ भने नेपालमा लाइसेन्स नहुँदा यो पेसा ओझेलमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology