१७ औं संस्करणको आहा राराको उपाधि थ्रीस्टारलाई

  • पाँचौ पटक उपाधि जित्न सफल
  • साझा डबली
  • शनिबार, फाल्गुन १८, २०७५
  • पोखरा,फागुन १८ । पोखरामा सम्पन्न भएको १७ औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता २०७५ को उपाधि थ्रीस्टार जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई सडन डेथमा पराजित गर्दै साविक उपविजेता थ्रीस्टारले यसपालीको उपाधि सहित आहा रारामा पाँचौ पटक उपाधि जित्न सफल भएको हो ।

    निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फ एक÷एक गोल र अतिरिक्त ३० मिनेटको खेलमा पनि थप एक एक गोलले खेल बराबरीमा पुगेसंगै खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समान ४ गोलपछि खेल निर्णयाकको अन्तिम विकल्प सडनडेथमा पुगेको हो । आहा रारा गोल्ड कपमा अभाग्य सावित भएको त्रिभुव आर्मी क्लव यस बर्ष पनि थ्रीस्टार क्लवसंग पराजित हुदा उपविजेतामै सिमित हुनु पर्यो ।

    विजेता थ्रीस्टारले उपाधिसहित ८ लाख १ हजार र उपविजेता आर्मीले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology