‘बुलबुल’चलचित्रको पोस्टरमाथि प्रहरीकाे नजर, पोस्टर च्यात्न निर्देशन

  • साझा डबली
  • सोमवार, फाल्गुन ६, २०७५
  • काठमाडौं,फागुन ६ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टरमाथि प्रहरीले नजर लगाएकाे छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हाे ।

    कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।

    छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता जनाएको प्रहरीको भनाइ छ । फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् । onlinekhabar

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology