जम्मु-काश्मीरमा फेरि भिडन्त : ४ सैनिक मारिए,दाेहाेराे भीडन्त जारी

  • साझा डबली
  • सोमवार, फाल्गुन ६, २०७५
  • काठमाडौं,फागुन ६ । भारतको प्रशासित क्षेत्र जम्मु–काश्मीरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार फेरि दोहोरो भीडन्तमा परि ४ जना सैनिकको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् ।

    दोहोरो भीडन्त अहिले पनि जारी छ । ‘भीडन्त अहिले पनि जारी छ,’ प्रहरी प्रवक्ता मनोज कुमारले बताए, ‘त्यसकारण बिस्तृत जानकारीको लागि केहिसमय प्रतिक्षा गर्नुपर्छ ।’

    भारतीय सेनाले पहिला अप्रेसन शुरु गरेको थियो । सेनाले गोली चलाउन थालेपछि चरमपन्थी समूहले पनि गोली चलाएको बीबीसीले जनाएको छ ।

    भीडन्तमा मारिनेहरुमध्ये एक सेनाका मेजरसमेत रहेको प्रहरी प्रमुख मनोज कुमारले जानकारी दिए । मृत्यु हुनेमा मेजर डिएस ढोंढियाल, हेड कन्टेवल सावे राम, सिपाही अजय कुमार र हरि सिंह रहेका छन् ।

    जम्मु–काश्मीरमा केहिदिन अघि भएको आतंककारी आक्रमणमा ४४ सैनिकको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology